काठमाडौं १७ वडाको सहयोगमा ७८ पिन्ट रगत संकलन

असार १८, २०७७ | काठमाडौं

– विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमलाई कम गर्न जारी लकडाउनमा रगतको अभाव हुन नदिन काठमाडौं महानगरपालिका १७ को सहयोगमा रेडक्रस उपशाखा क्षेत्रपाटीले ७८ पिन्ट रगत संकलन गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर १७ को सहकार्यमा उपशाखाले एकैदिन ७८ पिन्ट रगत संकलन गरेको काठमाडौं महानगरपालिका १७ का वडा सदस्य कविता दासले जानकारी दिनुभयो । लकडाउनका कारण आवश्यक रगत संकलन हुन नसक्ने र धेरै मानिसको भिडभाड पनि हुन नहुने भएकाले अधिकांस रक्तसंकलन केन्द्रमा रगतको अभाव देखिएपछि वडाले रक्तदान कार्यक्रम आयोजना गरेको सदस्य दासले बताउनुभयो ।

 लकडाउन थपिदै जादा कयौं मानिस रगतको अभावमा ज्यान गुमानुपर्ने अबस्था आउन सक्ने भन्दै सामाजिक उत्तरदायित्व पुरा गर्न वडाको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा वडा सदस्यदेखि कर्मचारी र स्थानीयको सहभागीता रहेको अध्यक्ष मानन्धरले बताउनुभयो । कोरोना भाइरसको जोखिम कम गर्न सामाजिक दुरी कायम गर्दै आवश्यक स्वास्थ्यकर्मीको सहयोगमा रक्तदान गरिएको थियो ।


प्रतिक्रिया