हत्या आरोपमा श्रीमान पनि पक्राउ

असार २७, २०७७ | संखुवासभा

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँकी ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । 

हत्या आरोपमा मृतककी श्रीमान रुद्रबहादुर जिमीलाई पनि प्रहरीले पक्राउ गरेको हो । 

अनुसन्धानका क्रममा पक्राउ परेका बहिनी मनमाया जिमीले रुद्रबहादुर पनि हत्यामा संलग्न भएको बयान दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताउनुभयो । 

मनमायाको बयानका आधारमा शुक्रबार घरैबाट रुदबहादुरलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

घरबाट घाँस काट्न गएकी मनमायाको बुधबार शव फेला परेपछि श्रीमान रुद्रबहादुरले नै स्थानीय बासिन्दा र प्रहरीलाई श्रीमती मृत अवश्थामा भेटिएको भनेर खबर गरेका थिए । 

मुलगाउँ नजिकैको जंगलमा विभत्स हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । पक्राउ परेका दुबै जना माथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 


प्रतिक्रिया