पहिरोमा परेर नुवाकोटमा एक वृद्धको मृत्यु

श्रावण ९, २०७७ | नुवाकोट

– अविरल वर्षाका कारण झरेको पहिरोले पुरिएर नुवाकोटको बेलकोटगढी नगरपालिका ८ हर्रे प्रियडाँडाका ६८ वर्षिय अक्कल बहादुर तामाङको मृत्यु भएको छ । ढुंगामाटोले बनेको जस्तापाताले छाएको दुईतल्ले कच्ची घर पहिरोले बगाएपछि च्यापिएर तााङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी राजेश थापाले बताउनुभयो । 

यस्तै बेलकोटगढी नगरपालिका ५ दुईपिपल स्थित माझगाउँमा पहिराले पाँच वटा घर बगाएको छ भने २२ वटा पशुचौपाया पुरेको छ । पहिरोको कारण ६० घर जोखिममा परेका छन् । वस्ती जोखिममा परेकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो ।  


प्रतिक्रिया