स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद
भाद्र ६, २०७७ | बारा
बाराको महागढीमाई नगरपालिका–७ बेनौली गाउँको स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।
मोटरसाइकल चलाउँदै आएका एक जनाले प्रहरीको टोली देखेर झोलामा राखेका १६ लाख रकम फालेर भागेका थिए ।
रकम फालेर भाग्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताउनुभयो । सो रकम हुन्डीको हुन सक्ने प्रहरीको अनुमान छ ।