बन्दुक देखाएर नगद र गरगहना लुटपाट

आश्विन २२, २०७७ | मकवानपुर

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित घलेगाउँमा रहेको स्थानीय भीमबहादुर घलेको घरबाट बुधबार राति नगद र गरगहना लुटपाट भएको छ । 

मध्यरातको समयमा करीब ५ जनाको समूहमा आएका लुटेराहरुले बन्दुक देखाएर मार्ने धम्की दिँदै नगद एक लाख २५ हजार रुपैयाँ र भीमबहादुरकी श्रीमतीको साथबाट तिलहरी लुटेको हो । 

भीमबहादुर र उनका बुबा सुरबीर घलले भूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणको लागि दुईदिन अघि मात्रै रकम लिएर घरमा राखेका थिए । बाबुछोराले गरी एक लाख रुपैयाँ बुझेको रकम एकै ठाउँमा राखेका थिए । 

घरमा भएको थप २५ हजार गरी लुटेराले एक लाख २५ हजार लुटेको वडा नम्बर १ का अध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिनुभयो । चोरी भएलगतै घलेले आफूलाई सम्पर्क गरेको र आफूले इलाका प्रहरी कार्यालय मनहरीलाई मौखिक जानकारी गराएको रुम्बाले बताउनुभयो । 

राक्सिराङ अवैध लागूऔषध उत्पादन हुने ठाउँ हो । राक्सिराङमा पटक/पटक प्रहरी र गाँजा तस्करीबीच दोहोरो फायरिङ समेत हुने गरेको छ ।


प्रतिक्रिया