अमेरिकी डलर सहित दाङबाट तीन जना पक्राउ

अमेरिकी डलरसहित पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय दाङमा सोमबार सार्वजनिक गरिदै । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय दाङ । 

कार्तिक ३, २०७७ | दाङ

अमेरिकी डलर सहित दाङबाट आइतबार राति तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ३१ वर्षीया शर्मिला कोइराला, उनका ५६ वर्षीय श्रीमान् रामबहादुर तामाङ र बाँकेको राप्ती सोनारी गाउँपालिका–३ का २८ वर्षीय मंगलप्रसाद थारु छन् । 

लमही नगरपालिका–९ अमिलियास्थित बस्नेत होटेलमा बसेर अवैध कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा अमेरिकी डलरसहित तीन जनालाई पक्राउ गरेको हो । 

कोइरालाले बोकेको झोलामा २० दरका १६ वटा अमेरिकी डलर दुबैतिर राखी बीचमा नोट आकारका कागज राखेर बनाएको बण्डल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताउनुभयो । 

उनीहरुले सर्वसाधारणलाई झुक्काएर ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको डीएसपी खड्काले जानकारी दिनुभयो ।


प्रतिक्रिया