पोखरीमा डुबेर कपिलवस्तुमा दुईको मृत्यु

कार्तिक ८, २०७७ | कपिलवस्तु

पोखरीमा डुबेर दुई कपिलवस्तुमा जनाको मृत्यु भएको छ । शनिबार बिहान कमलको फूल टिप्न गएका महाराजगञ्ज नगरपालिका–५ स्थित मतखनवा पोखरीमा डुबेर स्थानीय ३२ वर्षीय अशोक पाठक र २६ वर्षीय करमहन्स पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु पूजाका लागि फूल टिप्न पोखरी भित्र गएका थिए । युवाहरु डुबेको हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी घटनास्थलमा पुग्दा स्थानीयले एक जनाको शव पोखरीबाट बाहिर निकालीसकेका थिए । हराईरहेका एक जनाको शव प्रहरीले निकालेको थियो । शवलाई पोष्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ । 


प्रतिक्रिया