ब्राउन सुगरसहित बाँकेबाट चार जना पक्राउ

कार्तिक १८, २०७७ | नेपालगञ्ज

लागूऔषध ब्राउन सुगरसहित बाँके प्रहरीले दुई भारतीय नागरिक सहित ४ जनालाई पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१३ उदयपुरको किसान इँटाभट्टा नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला रुपैडिहाका २९ वर्षीय राकेश सोनी र १८ वर्षीय जोगेन्द्र सोनीलाई नियन्त्रणमा लिइएको हो । 

यस्तै, बाँकेको खजुरा गाउँपालिका–३ का २५ वर्षीय विष्णुुु थापा र नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलका सागर थापाको साथबाट २ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बााकेका प्रहरी निरीक्षक ह््रदेश सापकोटाका अनुसार २० ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया