कुलोमा खसेर दाङमा एक बालिकाको मृत्यु

श्रावण २०, २०८२ | दाङ

दाङको तुलसीपुरमा कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४, गोठुवाकी दुई वर्षीया शुष्मा बस्नेतको आँगनमै खेल्ने क्रममा नजिकैको कुलोमा खसेर मृत्यु भएको हो ।

कुलोमा बगेर घाइते भएकी बस्नेतको बाँकेको मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो । 


प्रतिक्रिया