आगलागी हुँदा १४ लाख बराबरको क्षति

मंसिर ६, २०७७ | नुवाकोट

नुवाकोटको शिवपुरीगाउँपालिका ४ बुढाथोकीगाउँमा एक घर र विदुरनगरपालिका ४ बट्टारको एउटा फर्निचर उद्योगमा आगलागी हुंदा १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  शिवपुरीगाउँपालिका ४ बुढाथोकी गाँउका ४७ वर्षिय लोकबहादुर बुढाथोकीको ढुंगा माटोले बनेको जस्ताले छाएको दुई तले घरमा बिजुली सर्ट भई आगलागी हुंदा १० लाख बराबरको क्षति भएको छ । 

आगलागीमा परेर सुनका गहना, खाट, दराज र खाद्यान्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन । त्यसैगरी विदुनगरपालिका ४ भिमसेन मार्गस्थित रामकुमार शाहीको सलिना काष्ठफर्निचरमा आगलागी हुंदा चार लाख बराबरको क्षति भएको छ । काठको भुसबाट आगो सल्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर ओलीले बताउनुभयो ।  


प्रतिक्रिया