मुकेश चौरसिया हत्या प्रकरण : थप एक आरोपित पक्राउ

मंसिर ८, २०७७ | वीरगञ्ज

नेपाल कम्युनिष्ट पार्टी पर्साका सदस्य तथा बिन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–३ इटियाही निवासी ३८ वर्षीय अखिलेश चौरसिया भनिने अशेसर प्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त अशेसरलाई प्रहरीले आइतबार वीरगञ्ज महानगरपालिका– २५ अलौ सिर्सियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

गत कात्तिक ६ गते नेकपाको बिन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा पार्टीकै दुई पक्षबीच भएको झड्पमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्जस्थित एक निजी अस्पतालमा मृत्यु भएको थियो । 

चौरसिया हत्याको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि कात्तिक १३ मा सरकारी वकिल कार्यालय मार्फत १२ जनामाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो । 

नेकपा नेता तथा तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्ता सहित १२ जनामाथि मुद्दा दर्ता गराएका मृतकका भाई महेश चौरसयाले बताएका छन् । 

१२ जना मध्ये हालसम्म चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना झडपकै दिन पक्राउ परेका थिए । नेता गुप्ता सहित ८ जना आरोपित अझै प्रहरी सम्पर्क बाहिर छन् । 


प्रतिक्रिया