जेष्ठ नागरिकले पाए न्यानो कपडा

पुस १२, २०७७ | रसुवा

रसुवाको गोसाँईकुण्ड गाउँपालिकाले जेष्ठ नागरिकका लागि न्यानो कपडा वितरण सुुरु गरेको छ । चिसो बढेसँगै जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरण सुुरु गरिएको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताउनुभयो । 

गाउँपालिकाले ७० वर्ष उमेर भन्दा माथिका ६ वटै वडाका ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखेको छ । घरमै पुगेर गाउँपालिकाले न्यानो कपडा वितरण गरेपछि स्थानीयहरु खुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुसी भएका छन् । जाडोको समयमा गोसाँईकुण्ड गाउँपालिकाले गाउँमै पुगेर न्यानो कपडा कम्बल दिएकोमा वर्ष ७७ की निमा ग्याल्मो तामाङ धेरै खुसी भइन् । 

न्यानो कपडा वितरण कार्यक्रम गाउँंपालिकाको वडा नम्बर–१ थुमनबाट सुरुवात गरिएको छ । यो अभियान ६ वटा वडाको ९ स्थानमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ । यसैगरी, गाउँपालिकाले नागरिकको सेवाका लागि घरदैलो पुगेर जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र समेत वितरण गरेको छ । त्यस्तै गरी नागरिकहरुले अन्य सेवा पनि घरदैलोबाटै पाएका छन् । 

 गाउँपालिकाले न्यानो कपडा वितरण सँगसँगै नागरिकहरुको सामान्य स्वास्थ्य परीक्षण, महिलाको पाठेघर खस्ने समस्याको लागि रिङ, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी परीक्षण, फिजियोथेरापी सेवा, आँखा परीक्षण तथा उपचार सेवा र सामाजिक सुरक्षा सम्बन्धी अन्य सेवाहरु समेत प्रदान गरेको छ । गाउँपालिकाका उपाध्यक्ष करग्याल्मो श्रेष्ठले यस अभियानबाट गाउँपालिका भरिका हजारौं व्यक्ति यो सेवाबाट लाभान्वित हुने बताउनुभयो ।  


प्रतिक्रिया