सिरोहिया द्वारा ६ थान अक्सिजन कन्सन्टेटर सहयोग

वैशाख १७, २०७८ | नेपालगञ्ज

नेपालगञ्ज उपमहानगरपालिकाको आइसोलेसनका लागि कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका स्वाँर सिरोहियाले ६ थान अक्सिजन कन्सन्टेटर सहयोग गर्नु भएको छ । यसको मूल्य प्रतिथान ८५ हजार रुपैयाँ पर्छ । कान्तिपुर नेपालगञ्ज कार्यालयका प्रमुख अशोक श्रेष्ठले शुक्रबार नेपालगञ्जका प्रमुख डा. धवल शमशेर राणा, उपप्रमुख उमा थापा मगर, बाकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सहयोग हस्तान्तरण गर्नुभयो । 

कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका स्वाँर सिरोहियाले आमा सौभाग्य स्वारको स्मृतीमा सो अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको कान्तिपुर नेपालगञ्ज कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । बाँकेमा कोरोना संक्रमणको दर बढेसंगै मृत्यु हुने को संख्या बढ्दो छ । उपचारका लागि चाहिने अक्सिजन कन्सन्टेटरको अभाव छ । 


प्रतिक्रिया