कोरोनाबाट भूतपूर्व मन्त्री चित्रकारको निधन

वैशाख २०, २०७८

कोरोना भाइरसको संक्रमणबाट भूतपूर्व भूमि सुधार सहायक मन्त्री प्रकाश चित्रकारको आज बिहान निधन भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का निवासी ७२ वर्षीय चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो । 

उहाँ पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायक मन्त्री हुनुहुन्थो । चित्रकार राजसंस्था समर्थक र राष्ट्रवादी व्यक्तिको रुपमा परिचित थिए । 

गत शुक्रबार युनिभर्सल शिक्षण अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि शनिबार अस्पताल भर्ना हुनु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएको उहाँको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । 


प्रतिक्रिया