अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक पक्राउ

भाद्र ३०, २०७८ | वीरगञ्ज

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जना परीक्षार्थी पर्साबाट पक्राउ परेका छन् । पर्सागढी नगरपालिकाको बरवाटाडी स्कूलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिंदै गरेको अवस्थामा राज कुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । 

पर्सागढी–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार अङ्ग्रेजी विषयको सन्दीप दास थारुको परीक्षा दासले दिइरहेका थिए । विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारबाट खटिएको टोलीले परीक्षा दिंदै गरेको अवस्थामा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको थियो । 

प्रवेश पत्रमा सन्दिपको तस्बिर उप्काएर राजकुमारको टाँसिएको तर, नाम भने सन्दिपकै लेखिएको पाइएको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो । सन्दीप र राजकुमार पर्सागढी–८ का बासिन्दा हुन् । कोरोना महामारीका कारण यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको हो ।


प्रतिक्रिया