भन्सार छली ल्याइएका ५१ लाख बराबरका सामान बरामद

कार्तिक १७, २०७८ | भैरहवा

भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । दुई वटा गाडी सहित बरामद गरिएको सामानको ५१ लाख रुपैयाँ भन्दा बढीको रहेको प्रहरीको अनुमान छ । 

दुई जना चालक पनि पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१, तिनाउ पुलबाट ती गाडी सहितको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सत्य नारायण थापाले बताउनुभयो । 

पक्राउ पर्नेमा चालक रुपन्देहीको सैनामैना नगरपालिका–२ का तुलसी थारु र मिनप्रसाद भण्डारी छन् । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको गाडीमा भन्सार छलेका ल्याइएका कपडासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

डीएसपी थापाका अनुसार दुई वटा पिकअप भ्यानमा गरी लिपगार्ड ६० हजार पिस, २ सय ३६ पिस उनी कुर्था सुरवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको हो । यसको कुल मूल्य ५१ लाख ४८ हजार ५ रहेको रुपन्देही प्रहरीले जनाएको छ ।


प्रतिक्रिया