बहुभाषिक कवि गोष्ठीमा पाँच उत्कृष्ट

पुस २२, २०७८

सुनसरीको धरान उत्सवको अवसरमा धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच कविका कविताले उत्कृष्ट पुरस्कार जितेको छ । 

मातृभाषा र नेपाली भाषामा सुनाउनु पर्ने प्रावधान रहेको सो गोष्ठीमा मुन्धुम साहित्यकार प्रदीप मेन्याङ्बोको लिम्बु भाषाको ‘माङ्गेना’, भोजराज श्रेष्ठको नेवारी भाषाको ‘छेपारे प्रवृत्ति’ प्रर्मिला मुकारुङको वान्तवा भाषाको ‘गाउंमा अचेल’, सेम्माङ याक्खाको याक्खा भाषाको ‘समावेशी गीतहरु’, इन्दु योञ्जनको तामाङ भाषाको ‘बहुभाषिक सुन्दरता’ कविता उत्कृष्ट ठहरिएको थियो । गोष्ठीमा विभिन्न ११ जातिको भाषामा ३० कविहरुले आफ्नो मातृभाषा र नेपाली भाषामा कविता सुनाएका थिए ।


प्रतिक्रिया