वीरगन्ज नाकामा आज मात्र १३ नयाँ संक्रमित फेला

पुस २४, २०७८

वीरगन्ज नाकामा आज मात्रा नयाँ १३ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ९ जना नेपाली र ४ भारतीय छन् । नाकास्थित हेल्थ डेस्क प्रमुख डा अनिशा महतोका अनुसार आज साँझ साढे ४ बजे सम्म ३ सय जनाको स्वाबको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

संक्रमित फेला परेका नेपाली मध्ये ३ जना वीरगन्जका पुरुष छन् । उनीहरु मध्ये २ जना भारतको कोलकाताबाट फर्किएका विद्यार्थी हुन् । अर्का वीरगन्जका संक्रमित चिकित्सक हुन् । अन्य नेपालीमा ३ महिला सहित ४ जना पोखरा र गोर्खाका हुन् । पुस ८ यता डेस्कमा मात्रै ४६ जना कोरोना संक्रमित फेला परेका छन् ।  


प्रतिक्रिया