धनकुटाको सिद्धकालीमा शिशुको शव फेला

चैत्र २०, २०८० | धनकुटा
धनकुटाको महालक्ष्मी नगरपालिका–९ स्थित सिद्धकाली टोलमा एक नवजात शिशुको शव फेला परेको छ ।
सिधुवा–जितपुरको भित्री सडक छेउमा करिब पाँच महिनाको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
शिुको शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।
शिशुका आफन्तको खोजी कार्य भइरहेपनि हालसम्म सम्बन्धित व्यक्ति फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक अनिलकुमार साहले जानकारी दिनुभयो ।