प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने भारतीय नागरिक रुपन्देहीबाट पक्राउ

चैत्र १२, २०८० | भैहरवा

डयूटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर समान तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिक रुपन्देहीबाट पक्राउ परेका छन् । 

भारतबाट भन्सार छलेर ब्रोइलर कुखुरा भित्र्याइरहेको जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीलाई नगद दिएर प्रलोभनमा पार्न खोजेको अभियोगमा भारतका ४५ वर्षीय सोनु मुसलमान पक्राउ परेका हुन् । 

रुपन्देहीको सिद्धार्थनगर–६ स्थित गल्लामण्डीको पिप्रहवा क्षेत्रमा कुखुरा ल्याउँदै गरेको गाडीलाई जाँच गर्ने क्रममा नगद दिएर प्रहरीलाई अनुचित प्रभावमा पार्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो । 

जिल्लाबाट खुला नाका हुँदै तरकारी र कुखुरा तस्करी हुने गरेको सूचनापछि प्रहरीले कडाई गरेको छ । 


प्रतिक्रिया