दाङमा बस र मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

चैत्र ११, २०८० | दाङ

दाङको राजपुरमा गएराति बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । 

हिजो साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसहराका २४ वर्षीय प्रमोद यादव र २४ वर्षीय प्रदिप यादवको मृत्यु भएको गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

राजपुर गाउँपालिका–५ को कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र विपरीत दिशामा रहेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । 


प्रतिक्रिया