दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत्र २८, २०८० | दाङ

दाङमा मंगलबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

बसको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१७ निवासी २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो । 

तुलसीपुरबाट काठमाडौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मोटरसाइकलमा सवार तुलसीपुर–११ निवासी ३५ वर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन् । लामिछानेको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस चालक तुलसीपुर–७ का २९ वर्षीय राजेश परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिनुभयो ।


प्रतिक्रिया