खोटाङमा छुरा प्रहार गरी एक पुरुषको हत्या

वैशाख २, २०८१ | खोटाङ

खोटाङमा छुरा प्रहारबाट एक पुरुषको हत्या भएको छ । छुरा प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको शनिबार राति मृत्यु भएको हो ।

तीन जनाको समूहले राईमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । 

घटनापछि फरार भएका उनीहरुको खोजी भईरहेको कार्कीले जानकारी दिनुभयो । 

अनुसन्धानबा लागि प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको टोली घटनास्थलमा खटिएका छन् ।


प्रतिक्रिया