बागलुङमा ६ महिनामै भेटिए ६ कुष्ठरोगी

माघ १५, २०७८

मुलुकमा कुष्ठरोग उन्मूलन भएको घोषणा भएको एक दशक भन्दा बढी भएपनि बागलुङमा सो रोगका विरामी बढ्दै गएका छन् । पछिल्लो पटक ६ महिनाको अवधिमा बागलुङमा ६ जनामा कुष्ठरोग भेटिएको स्वास्थ्य कार्यालय बागलुङका निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

गत बर्ष ७ जना सो रोगबाट संक्रमित भएकोमा यस वर्षको ६ महिनामै ६ जना थपिएका हुन् । संक्रमण फेरि बढेकाले यसको व्यापक खोज पड्ताल आवश्यक रहेको निरीक्षक घिमिरेको भनाइ छ । जिल्लाको गलकोट नगरपालिकामा ३ जना, जैमिनी नगरपालिकामा २ जना र ढोरपाटन नगरपालिकामा १ जना संक्रमित भेटिएको हाम्रा सहकर्मीले जनाएका छन् । नेपाल सरकारले गत २०६६ सालमै कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । कुष्ठरोग लागेकाहरुले नियमित औषधी सेवन गरेमा अन्यमा नसर्ने र थप जटिल नहुने चिकित्सकहरुको भनाई छ । 


प्रतिक्रिया