जंगली च्याउ खाँदा दुईको मृत्यु दुई गम्भीर

जेष्ठ ३१, २०७९

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फुलबारीमा जंगली च्याउ खाँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । दुईजनाको अवस्था गम्भीर छ । च्याउ खाएर गम्भिर बिरामी परेका ९३ वर्षिया मनमाया विष्टको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको हो । यस्तै २४ वर्षिया ढककुमारी लामिछानेको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर रहेका ढककुमारीका श्रीमान २७ वर्षिय राजन विष्ट र ढककुमारीकी तीन वर्षिया छोरी सरिस्मा विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं ल्याइएको प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनुभयो । 


प्रतिक्रिया