ट्रकको ठक्करबाट वीरगञ्जमा एक वृद्धाको मृत्यु

मंसिर १५, २०७९ | पर्सा

ट्रकको ठक्करबाट पर्साको वीरगञ्जमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ ट्रकको ठक्करबाट वीरगञ्ज महानगरपालिका–२४ का ७० वर्षीया रुपा राउत कुर्मीको मृत्यु भएको हो । 

वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा ना ३ ख ६०७५ नम्बरको ट्रकले ठक्कर दिंदा उनी घाइते भएकी थिईन् । 

घाइते कुर्मीलाई उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक वीरगञ्ज–२२ जगरनाथपुरका २५ वर्षीय छोटु कुमार कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया