दार्चुलामा ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु

पुस २३, २०७९ | दार्चुला

दार्चुलाको ब्यास गाउँपालिका–५ धौलाकोट नजिक ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा दुहु गाउँपालिका–२ हिकिलाका ४३ वर्षीय चालक लोकेन्द्रसिंह बडालको मृत्यु भएको हो । 

ब्यास गाउँपालिका सुन्सेराबाट हिकिलातर्फ आउँदै गरेको म १ त १११८ नम्बरको ट्याक्टर शुक्रबार राति ९ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर दार्चुला–तिंकर सडक खण्डबाट करीब ७ मिटर तल खसेको छ । 


प्रतिक्रिया