अतिरिक्त त्रियाकलापमा विद्यार्थी पुरस्कृत

फाल्गुन २८, २०७९ | रुपन्देही

रुपन्देहीको ओमसतिया गाउँफालिकाले अतिरिक्त त्रियाकलापमा अब्बल विद्यार्थीलाई पुरस्कृत गरेको छ । पालिकाभित्रका विद्यालयमा आयोजित विभिन्न अतिरिक्त त्रियाकलापमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई आज गाउँपालिकाले पुरस्कृत गरेको हो । 

पालिकाले श्रुति लेखन, चित्रकला, हाजिरी जवाफ, हिज्जे लगायतका प्रतियोगितामा विभिन्न स्कुलका विद्यार्थीलाई पुरस्कृत गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले जानकारी दिनुभयो । विद्यार्थीहरुको मनोबल उच्च बनाउन अध्ययनको साथै अतिरिक्त त्रियाकलापमा जोड दिने पालिकाले जनाएको छ ।


प्रतिक्रिया