करेन्ट लागेर एक जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

वैशाख २१, २०८० | दाङ

करेन्ट लागेर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहागरपालिका–५ विद्युत कार्यालय नजिकै विज्ञापनको बोर्ड फेर्ने क्रममा करेन्ट लागेर रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका महेश विकको मृत्यु भएको हो ।

तुलसीपुरमा जापानी भाषा पढाउँदै आएका विकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।


प्रतिक्रिया