‘मिटरब्याजी यौन शोषणदेखि अत्महत्या गर्न समेत उक्साउँछन्’

वैशाख २१, २०८० | राजविराज

चर्को ब्याजमा ऋण लगानी गर्ने मिटरव्याजीले ऋणी महिलाको यौन शोषण समेत गर्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । मिटरव्याजीले ऋणको चर्को ब्याज असुल्ने क्रममा गर्ने ब्यवहार र दबाबका कारण कतिपयले आत्महत्याको बाटो रोज्न बाध्य हुने गरेको समेत बताएका छन् ।

सरकारले गठन गरेको मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी जाँचबुझ आयोग समक्ष पीडित र सरोकारवालाले मिटरब्याजीको जालोका कारण समाज नराम्ररी प्रभावित भईरहेकोले मिटरब्याजको नाममा चर्को ब्याज असुल्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले जिल्ला प्रसाशन कार्यालयमा सप्तरीमा मिटर ब्याज पीडित संघर्ष समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय प्रशासनसँग छलफल गरेको थियो । सो अबसरमा आयोगका अध्यक्ष कार्कीले चर्को ब्याज असुल्ने नाममा ऋणीको यौन शोषण सम्म गरेको बिषयहरु आयोग समक्ष आएको जानकारी दिनुभयो ।


प्रतिक्रिया