कञ्चनपुरका दुई नगरपालिकामा वातावरण संरक्षण अभियान

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २३, २०८० | कञ्चानपुर

विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुर जिल्लाको भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको खाली स्थान, विद्यालय र सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । वातावरण, शान्ति, सुरक्षा र सामाजिक न्याय केन्द्र (स्कोप नेपाल) को आयोजनामा पूर्व सांसद दिपकप्रकाश भट्टको अगुवाइमा ती क्षेत्रमा वृक्षारोपण गरिएको हो । 

ती क्षेत्रमा पर्यावरणीय सन्तुलन र वातावरण संरक्षण–सर्वद्धनका लागि अभियान सञ्चालन गरिएको स्कोप नेपालले जनाएको छ । अभियानका लागि जिल्ला वन कार्यालय कञ्चनपुरले विरुवाहरु उपलब्ध गराएको थियो । अभियानमा सशस्त्र प्रहरी बल, सिद्धनाथ इको क्लब, दोधरा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाको प्रत्यक्ष साथ र सहयोग रहेको संस्थाका अध्यक्ष अभयराज जोशीले जानकारी दिनुभयो । सो संस्थाले अभियानलाई निरन्तरता दिन प्रदेश सरकार, स्थानीय तहसहित अन्य सरोकारवाला निकाय र आम सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया