लागूऔषध सहित पर्साबाट एक भारतीय नागरिक पक्राउ

असार १५, २०८० | पर्सा

नियन्त्रित लागूऔषध सहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार मोतिहारी जिल्लाका २० वर्षीय अनिल भन्ने अनिष सिंहलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक गिरीले जानकारी दिनुभयो । 

सिंहलाई नाइट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० थान सहित वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारतको रक्सौलबाट शंकास्पद रुपमा वीरगञ्जतर्फ आउँदै गरेका सिंहको चेकजाँच गर्ने क्रममा सो परिमाण बराबरको लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरेको हो । 


प्रतिक्रिया