पाल्पामा कार दुर्घटनामा परि एक भारतीय नागरिकको मृत्यु

भाद्र १०, २०८१ | पाल्पा

पाल्पाको तानसेन–रानीमहल सडकखण्डमा गएराति कार दुर्घटनामा हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । 

कार दुर्घटनामा भारतको उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

तानसेनबाट रानी महलतर्फ जाँदै गरेको भारतीय नम्बरको कार तानसेन नगरपालिका–१, नारनडाँडामा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यूपी १४ डीएन १०४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया