दुर्घटनामा घाइते भएका चौधरीको मृत्यु

भाद्र २२, २०८१ | नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको जमुनियामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका बर्दघाट नगरपालिका–१३ का स्थानीय ४७ वर्षीय सुरेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
हिजो साँझ बर्दघाट नगरपालिका–१३ जमुनियाबाट नारायणचोकतर्फ जाँदै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाइकलले विपरीत दिशामा रहेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार चौधरी घाइते भएका थिए ।
साइकललाई ठक्कर दिने मोटरसाइकलका चालकको पनि सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले छ ।