संखुवासभामा ट्याक्टर दुर्घटना, २ को मृत्यु

आश्विन २, २०८१ | संखुवासभा

संखुवासभाको मकालु गाउँपालिका–३ समाटारमा बुधबार ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

खाँदबारी किमाथांका सडकखण्डको बरुणबाट खाँदबारी आउने क्रममा ट्याकटर भीरबाट खसेको थियो । 

खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । 

उहाँका अनुसार ट्याक्टर भीरबाट करीब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया