राष्ट्रिय महिला हक्कीको सेमिफाइनल समिकरण पुरा

वैशाख १२, २०७४ | हेटौंडा
हेटौंडामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
प्रतियोगिता अन्तर्गत आज नेपाल आर्मी क्लबले झापालाई ६-० र पोखराले आयोजक हेटौंडालाई १-० गोलअन्तरले पराजित गरेसंगै अन्तिम चारमा प्रवेश गर्ने टोलीको टुंगो लागेको हो ।
झापाको हारसँगै सेमिफाईनलमा स्थान बनाएको सुदुरपश्चिमले पोखरासँग प्रतिस्पर्धा गर्दा आर्मीले आयोजक हेटौंडाको सामना गर्नेछ । अन्तिम खेलमा पराजित भएरपनि हेटौडा भने सेमिफाईनलमा स्थान बनाएको हो । सेमिफाईलनका दुवै खेल भोली हुनेछन् ।
आज भएको खेलमा आर्मीका लागि कप्तान सीतामाया बलले ह्याट्रिक गरिन् । उनले खेलको १६ औं, ४१ औं र ५१ औं मिनेटमा गोल गरेकी थिइन् । आर्मीका लागि थप गोल सीताकुमारी चौधरी, कमला चन्द र र पिंकी सिञ्जालीले गरेका थिए ।
पोखराको जितमा एकमात्र गोल मिना परियारले ५५ औं मिनेटमा गरिन् ।