दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि सेनालाई

वैशाख २२, २०७५ | खोटाङ

खोटाङको दिक्तेलमा भएको दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली सेनाले चुमेको छ । उसले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । प्रतियोगिताको दोश्रो पुरस्कार भारत र तेश्रो श्रीलङ्काले चुमेको छ । अग्रता कायम राखेको छ ।

दोश्रो पुरस्कार स्वरुप भारतका खेलाडीले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेश्रो हुने श्रीलङ्काले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र चुमेको हो । खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्ने प्रदेश नं ३ का पुरुष खेलाडी आशिष थापा र आयोजक टिमकी विद्याकला राई नगद दश/दश हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् । 

गत बिहीबारदेखि सुरु प्रतियोगिता शनिबार समापन भएको हो । प्रतियोगितामा विभिन्न प्रदेश, आयोजक सहित ११ टिम सहभागी थिए ।  


प्रतिक्रिया