नेपालको परीक्षा आज

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ११, २०७५ | काठमाडौं

थाईल्याण्डमा जारी एएफसी अण्डर १९ वुमन्स च्याम्पियन्सीपको छनोट अन्र्तगत समुह बीको पाँचौ खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरीस्थित अन्तराष्ट्रिय फुटबल मैदानमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।

कमजोर टोली पाकिस्तानलाई हराउन सके, समुह उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने नेपालको सम्भावना बलियो बन्नेछ । तर आजै हुने समुहको अर्को खेलमा थाईल्याण्डले भारतलाई हराउनुपर्नेछ । पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० ले हराएको थियो ।

पाकिस्तानलाई थाईल्याण्ड र भारत दुबैले १८–० को फराकिलो अन्तरले हराएकाले भारत र थाईल्याण्ड बीचको प्रतिस्पर्धाले अघिल्लो चरण प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । यद्यपी पाकिस्तानबिरुद्ध फराकिलो अन्तरको जितले नेपालको सम्भावना बलियो बन्नेछ ।

भारतबिरुद्ध २ गोल गरेकी रेखा पौडेल पाकिस्तानबिरुद्धको खेलमा मैदान बाहिर रहनेछिन् । जसको घाटा नेपाली अग्रपक्तिमा देखिने निश्चित छ । लगातार दोहोरो पँहेलो कार्डका कारण पौडेलले आजको खेल गुमाएकी हुन् । 

 


प्रतिक्रिया