नेपालगञ्ज म्याराथनको उपाधि भूमिराजलाई

मंसिर ८, २०७५ | नेपालगञ्ज

नेपालगञ्ज म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले उचालेका छन् । बाँकेमा भएको चौंथो संस्करणको नेपालगञ्ज म्याराथनमा ४२ किलोमिटर दौड २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पूरा गर्दै राई पहिलो भए । सशस्त्र प्रहरी बलका एपीएफका खिम बहादु खत्री दोस्रो भए ।

उनले २ घण्टा ३५ मिनेट ३२ सेकेन्ड र तृतिया हुने गणेश ठकुरीले  २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरे । २१ किलोमिटर दौडमा नेपाल प्रहरीकी  कान्छी माया कोजुले १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा दूरी पार गरी पहिलो भएकी छन् ।

दोस्रो स्थानमा बृन्दा धान्के श्रेष्ठले १ घण्टा २५ मिनेट ४४ सेकेन्ड  र तेस्रो हुने कृष्णशोरी सिन्तकलाले १ घन्टा  ३१ मिनेट ५४ सेकेन्डमा दूरी पार गरेकी थिइन । ५ किलोमिटर दौडमा नरेश बुढा जुम्ला प्रथम भएका छन् ।

उनले १६ मिनेट ३५ सेकेन्डमा र दोस्रो हुने माधव चौधरी १६ मिनेट ५६ सेकेन्ड र तेस्रो हुने सन्तोषनाथ योगीले १६ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । महिला तर्फ मंगला बुढा कालीलकोटले १९ मिनेट ४९ सेकेन्ड, अनिशा चौधरीले ३० मिनेट ३९ सेकेन्ड र समित्रा चौधरी २० मिनेट ५५ सेकेन्डमा उक्त दूरी पूरा गरेका गिए ।

बीपीचोकबाट सुरु भएको म्याराथनको गन्तव्य कोहलपुर, चिसापानीको कौशिल्यानगर सम्म थियो । नेपालगञ्ज म्याराथनमा खुला पुरुषतर्फ ४२ किलोमिटर दौड, महिला खुलातर्फ २१ किलोमिटर हाफ म्याराथन भएको थियो । 

म्याराथनमा प्रथम हुनेले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौंथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार, सातौंले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

हाफ म्याराथनमा प्रथमले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौंथोले ५ हजार, पाँचौंले ४ हजार, छैटौंले ३ हजार रुपैयाँ नगद सहित सिल्ड हात पारेका छन् । 


प्रतिक्रिया