तिलोत्तमा गोल्डकप : झापा ११ र विभागीय एपीएफ भिड्दै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७५ | काठमाडौं

- तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१ औँ संस्करण आज सुरु हुँदैछ । बुटबलको देवी नगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज झापा ११ र विभागीय एपीएफ प्रतिस्पर्धा गर्नेछन् ।

२ टोलीबीचको प्रतिस्पर्धा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । २ विदेशीसहित १० टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ हात पार्नेछन्। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल र ५ विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ हात पार्नेछन् । 

प्रतियोगितामा विदेशी टोलीको रुपमा क्यामरुनको दाफिन्स फुटबल फेमेली र ब्रदर्स युनाईटेड रहेका छन् । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई बुटबल उप–महानगरपालिकाले पनि साथ दिएको छ । 


प्रतिक्रिया