चेल्सी, आर्सनल, नापोली र भ्यालेन्सीया प्रि–क्वाटरफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५ | काठमाडौं

- चेल्सी, आर्सनल, नापोली र भ्यालेन्सीया युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा माल्मोलाई ३–० ले हराउँदै समग्रमा ५–१ को नतिजासँगै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो । चेल्सीलाई सहज जित दिलाउन ओलिभर जिराउड, हडसन ओडइ र रोस बार्कलीले गोल गरे ।

 आर्सनलले बाटे बोरिसोभलाई ३–० ले नै स्तब्ध पार्दै समग्र नतिजा ३–१ ले आफ्नो पक्षमा पार्यो । पहिलो लेगमा १–० को पराजिय भोगेको आर्सनलले घरेलु मैदानमा शानदार जित हात पार्दै प्रि–क्वाटरफाइनल यात्रा तय गरेको हो ।

 दोस्रो लेगमा नापोलीले ज्युरीचलाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान बनायो । सेल्टिकलाई समग्रमा ३–० ले हराउँदै भ्यालेन्सीयाले पनि प्रि–क्वाटरफाइनल यात्रा तय गर्यो । पहिलो लेगमा २–० ले विजयी भएको भ्यालेन्सीयाले दोस्रो लेगमा १–० को नतिजा निकालेको थियो । 

भियारियल, वेन्फिका र डाईनामो किभले पनि आ आफ्ना प्रतिद्धन्दीलाई हराउँदै अन्तिम १६ को यात्रा तय गरेका हुन् । 

 


प्रतिक्रिया