जिग्मे दोर्जी वाङचुक गोल्डकपको उपाधिका लागि थ्रीस्टार र पारो एफसी भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५ | काठमाडौं

-भुटानमा जारी जिग्मे दोर्जी वाङचुक गोल्डकपको उपाधिका लागि नेपालको थ्रीस्टार क्लबले घरेलु टोली पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । बलियो टोली पारोलाई पराजित गर्दै प्रतियोगीताको उपाधि जित्ने लक्ष्यमा रहेको थ्रीस्टार अग्रपक्तिलाई थप आक्रामक बनाउँदै उपाधि आफ्नो नाममा लेखाउने योजनामा रहेको छ । 

घरेलु मैदान र दर्शकको साथ पाएको पारो एफसी थ्रीस्टारलाई हराउन उच्च मनोबलमा रहेको छ । सेमिफाइनलमा उपाधिको दाबेदार मानिएको नेपालकै बिभागीय नेपाल आर्मीलाई १–० ले हराएकाले पारो एफसीको मनोबल उच्च रहेको छ । 

थ्रीस्टारले भारतको युनाईटेड ब्रर्दशलाई हराएर पारोसंगको उपाधि भेट पक्का गरेको हो । 

उपाधि भिडन्त भुटानको फुट्सोलिङस्थित पीएसए फुटबल मैदानमा नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । १३ बर्षपछि पुन सुचारु भएको गोल्डकपमा १२ टोली सहभागी छन् । 

 


प्रतिक्रिया