नेपाल र बगंलादेश एक खेल अगावै सेमिफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०७५ | विराटनगर

आयोजक नेपाल र बगंलादेश विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरको शहिद रंगशालामा बगंलादेशले समूह ए मा विजयी सुरुवात गरेको दिन भुटान समूह चरणबाटै बाहिरियो ।

पहिलो खेलमा नेपालसँग ३–० ले पराजित भएको भुटान, दोस्रो हारसँगै समूह चरणबाटै घर फर्किन बाध्य भयो । पर्सि हुने नेपाल र बगंलादेशको खेलले समूह ए को विजेता र उपविजेताको टुङगो लगाउने छ । आजको खेलमा बगंलादेशले भुटानलाई २–० ले पराजित ग¥यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बंगलादेशले उत्कृष्ट पुनरागमन जनाएको थियो ।  बगंलादेशको जितमा मिश्रत जाहान मोसुमीले ४७ तथा कप्तान सबिना खातुनले ८५ औं मिनेटमा गोल गरिन् । समूह बी को दोस्रो खेलमा भोलि मालदिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।    


प्रतिक्रिया