साफ वुमेन्स च्याम्पियनसिपः सेमिफाईनलमा नेपाल श्रीलकांसँग भिड्ने 

रेडियो कान्तिपुर संवाददाता

चैत्र ३, २०७५ | काठमाडौं

- पाँचौ साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाईनल प्रवेशका लागि आयोजक नेपाल श्रीलंकासँग भिड्ने भएको छ ।

विराटनगरको शहिद रगंशालामा आज भएको लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले पराजित गरेसँगै नेपालको भेट श्रीलंकासँग पक्का भएको हो ।

पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफमा १ गोल थप्यो । भारतको जितमा ग्रेस दाङमेई, सन्ध्या रगंनानाथ, ईन्दुमति खातिरिसान, संगिता बास्फोरे र रतनबाला देवीले गोल गरे ।

जितसँगै भारत समुह बीको विजेता र श्रीलंका उपविजेता बनेका हुन् । आजको खेलसँगै च्याम्पियनसीपको सेमिफाइनल समिकरण समेत पूरा भएको छ । भारतले समूह एको उपविजेता बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल आगामी बुधबार हुनेछ ।

पहिलो खेलमा आयोजक नेपाल र श्रीलंका बिहान ११ बजे तथा दोस्रो सेमिफाइनलमा भारत र बगंलादेश दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

दुवै खेलमा पराजित माल्दिभ्स र भुटान लिग चरणबाटै बाहिरिसकेका छन् । माल्दिभ्स भारतसँग ६–० र श्रीलंकासँग २–० ले पराजित भएको थियो । भुटान आयोजक नेपालसँग ३–० र बगंलादेशसँग २–० ले पराजित भएको थियो ।  


प्रतिक्रिया