पुलिस मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनलमा

चैत्र ११, २०७५ | हेटौंडा

- भरत शाहको ह्याट्रिक मद्दतमा फ्रेण्ड्स क्लवलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लव दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौडास्थित वन विज्ञान अध्ययन संस्थानको मैदानमा आज भएको तेस्रो क्वाटरफाइनलमा फ्रेण्ड्सलाई ३–० ले हराउँदै पुलिसले अन्तिम चारमा स्थान पक्का गर्‍यो ।  

भरतले १२, ४२ र ४३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । फाइनल प्रवेशका लागि पुलिसले विभागीय डर्बीमा त्रिभुवन आर्मीसँग स्पर्धा गर्नेछ ।  यसअघि हिजो भएको खेलमा एपीएफलाई १–० ले हराउँदै क्यामरुनी टोली दाउफिन्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । गोल्डकपको विजेताले ८ तथा उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पार्नेछन् ।

 


प्रतिक्रिया