आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

चैत्र २७, २०७५ | नेपालगञ्ज

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुबै टिमले गोल गर्न नसकेपछि १/१ अंक बाँडिएको छ । 

आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न सकेन । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । दोस्रो खेल प्रदेश २ र प्रदेश  ३ बीच सुरु भएको छ । बेलुकी तेस्रो खेल प्रदेश ५ र प्रदेश १ बीच हुनेछ ।

२८ चैत (बिहीवार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । २९ चैतमा गण्डकी प्रदेश र २ प्रदेशबीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ प्रदेशबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी, तेस्रो खेल ५ प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने भएको छ । 

४ बैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश बीच दोस्रो र नेपाल आर्मी र प्रदेश ३ बीच हुने भएको छ ।

त्यसैगरी, १ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिसबीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ प्रदेश वीच तथा तेस्रो खेल १ प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । ३ बैशाखदेखि सेमिफाइनलका खेल हुने भएको छ ।   


प्रतिक्रिया