महिला क्रिकेट : प्रदेश १ सेमिफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | दाङ

- प्रदेश १, दाङको लमहीमा जारी महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा गण्डकी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ अन्तिम ४ मा पुग्दा गण्डकी प्रदेश बाहिरिएको छ । २६ रनको झिनो लक्ष्य पछ्याएको प्रदेश १ ले २ दशमलब ४ ओभरमा जित हात पा¥यो । रुविना क्षेत्री बेल्बासेले १८ तथा काजोल श्रेष्ठ ८ रनमा नटआउट रहे ।

वोमन अफ दि म्याच सवनम राईले ४ विकेट लिइन् । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको प्रदेश १३ दशमलब ३ ओभरमा २५ रन जोड्दै अलआउट भयो । शिला रेग्मीले बनाएको ६ रन नै गण्डकीको सर्वाधिक रह्यो । प्रदेश १ की सवनम राईले ४, संगीता राईले ३, रश्मी शर्मा चौलागाईले २ तथा अप्सरी वेगमले १ विकेट लिए । 


प्रतिक्रिया