म्यानचेष्टर सिटी ईङ्लिस प्रेमियर लिगको शीर्ष स्थानमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ८, २०७६ | एजेन्सी

टटनहामसँग च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ब्येहोरेको हारको बदला म्यानचेष्टर सिटीले ईङ्लिस प्रेमियर लिग फुटबलमा लिएको छ । टटनहामलाई गएराति १–० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा फर्किएको छ ।

फिल फोडेनले पाँचौ मिनेटमा गरेको एकमात्र गोल सिटीको जितमा पर्याप्त भयो । ३४ खेलको समाप्तिमा सिटी ८६ अंकमा शीर्ष स्थानमा रहँदा समान खेलबाट ८५ अंक भएको लिभरपुल दोस्रो स्थानमा झरेको छ ।

६७ अंकमा टटनहाम तेस्रो स्थानमा कायम छ । गएराती नै भएका अन्य खेलमा फुलहामले बर्नमाउथलाई १–० ले, वार्टफोर्डले हडल्सफिल्डलाई २–१ ले र न्यूकासलले साउथ हेम्प्टनलाई ३–१ ले पराजित गरे । लेष्टर सिटी र वेष्टहामले २–२ तथा ब्राईटन एण्ड होभ एल्वियन र वोल्भरहेप्टनले गोल रहित बराबरी खेल्दै अंक बाढे । 

स्पेनिस ला लीगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दा एट्लेटिको मड्रिडले आईबरलाई १–० ले पाखा लगायो ।

पहिलो स्थानको बार्साको ७७ र दोस्रो स्थानको एट्लेटिकोको ६८ अंक छ । अर्को खेलमा सेल्टा भिगोले गिरोनालाई २–१ ले पराजित गर्दा रायो भाल्लेकानो र हुएस्काले गोल रहित बराबरी खेल्दै अंक बाढे ।  


प्रतिक्रिया