आठौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्स सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | दाङ

- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत दाङको बेलझुण्डी रंगशालामा सञ्चालित एथ्लेटिक्स प्रतियोगिता आज सम्पन्न भएको छ । २१ स्वर्णसहित त्रिभुवन आर्मी क्लव एथ्लेटिक्सको च्याम्पियन भएको छ । एपीएफ ८ स्वर्णसहित दोस्रो र पुलिस ३ स्वर्णसहित तेस्रो भएका छन् ।

प्रदेश ३ ले दुई तथा कर्णाली प्रदेश र प्रदेश ५ ले १÷१ स्वर्ण जितेका छन् । गण्डकी प्रदेशले रजत र कास्य भेटाउ“दा सुदूरपश्चिम र प्रदेश २ पदकविहीन भए । प्रदेश १ ले ३ कास्य जितेको छ ।

प्रतियोगिताको अन्तिम दिन आज सम्पन्न ८ विधामध्ये आर्मीले ६ स्वर्ण पदक जितेको छ । पुलिस र एपीएफले १÷१ स्वर्ण पदक जितेका छन् । आज पुलिसकी राजपुरा पछाईले महिला म्याराथुनमा स्वर्ण हात पारिन् । एपीएफकी पुष्पा भण्डारीले रजत र सरिता बासीले कांस्य पदक जिते ।

आज भएको पुरुष ८ सय मिटर दौडको स्वर्ण आर्मीका उमेश मस्र्याङदी मगरले जितेका छन् । उनले १ मिनेट ५७.५५ सेकेन्डमा दूरी पार गरे । आर्मीकै टंक कार्कीले रजत र प्रदेश ३ का सुवास थापाले कांस्य जितेका छन् ।

 महिला ८०० मिटरको स्वर्ण आर्मीकी तुलसा श्रेष्ठले जितिन् भने आर्मीकै तुलसा खत्रीले रजत र प्रदेश ४ की कल्पना श्रेष्ठले कांस्य जितेका थिए । महिला ४०० मिटर हर्डल्समा आर्मीकी सरस्वती भट्टराईले स्वर्ण जितिन् भने आर्मीकै सुनमाया कार्कीले रजत र एपीएफकी फुलमती रानाले कास्य जितिन् । पुरुष ८०० मिटर दौडमा पुरुषतर्फ एपीएफका नीरप्रताप महतोले स्वर्ण जिते । आर्मीका जीवन चौधरीले रजत र अशोक कुँवरले कांस्य जिते । 

 


प्रतिक्रिया