महिला क्रिकेटमा प्रदेश १ र एपीएफ फाइनलमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | दाङ

- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लमहीमा जारी महिला क्रिकेटको फाइनलमा प्रदेश १ र एपीएफ प्रवेश गरेका छन् । आज लमही क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रदेश १ र प्रदेश २ लाई हराउँदै एपीएफ फाइनलमा पुगेको हुन् ।

पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै प्रदेश नम्बर १ महिला क्रिकेटको फाइनलमा पुगेको हो । सुदूरपश्चिम प्रदेशले टस जितेर व्याटिङ्ग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको थियो । सुदूरपश्चिम प्रदेशकी  विन्दु रावल नट आउट २६ र कविता जोशीले ११ रन नटआउट योग्दान दिइन् ।

वलिङ्गतर्फ प्रदेश १ की निग्मा तामाङ्ग २ विकेट, रुविना क्षेत्री, सवनम राई र संगिता राईले १÷१ विकेट लिए । ८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश १ ले १३.४ ओभरमा लक्ष्य पूरा ग¥यो । रुविना क्षेत्री नट आउट ४३ रन र रोमा थापाको नटआउट २१ रनको योग्दानले प्रदेश १ ले विजय हासिल गर्यो ।  सुदूरपश्चिम प्रदेशकी कविता जोशीले २ विकेट लिइन् । वुमन अफ द म्याच प्रदेश १ की रुविना क्षेत्री भइन् ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफ प्रदेश २ लाई ६७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरको समाप्तिमा ५ विकेट १३६ रन हानेको छ । इन्दु बर्माले ४१ नटआउट, ममता चौधरी ३९ र सिता राना मगरले २६ रन हानिन् । प्रदेश २ को बलिङ्गतर्फ शान्ति चौधरीले २ विकेट लिइन् । 

२ नंं प्रदेश २० ओभर पूरा खेल्दै ६९ रनमा अलआउट भयो । अनुराधा चौधरी २२ र शोभा आले १६ रन हानिन् । बलिङ्गतर्फ सरिता मगर ३, सिता राना मगर र रितु कनोजियाले २÷२ विकेट लिए । वुमन अफ द म्याच एपीएफकी सिता राना मगर भइन् ।

 


प्रतिक्रिया